नैतिक ज्ञान भनेको किन जरूरी हुन्छ ?

 नैतिक ज्ञान

नैतिक ज्ञान भनेको पूर्वाधार हो । जसको धरातलमा बसेर हामी निर्णय गर्न सक्छौं। यसको आधारमा गरिएका निर्णयहरू जायज र सर्वसम्मत हुन्छन् । यो एउटा सहि /गलत , राम्रो /नराम्रो बिचको भिन्नता बोध गराउने माध्यम हो । यो व्यक्तिगत , व्यावसायिक र सामाजिक कुनै पनि दोधारलाई र समस्यालाई हटाउन सहयोगि ज्ञान हो । नैतिकताको ज्ञान पाउँदा मान्छेहरू अनुशासित, स्वाभिमानी, र सामाजिक दायित्व बोध भएका हुन्छन् । यसको अनुसरण भएको ठाउ र अनुसरण गर्ने मान्छेलाई सजिलै सबैले विश्वास, आदर, र सहयोग गर्छन् । यस आधारमा समाज इमानदार , सन्तुलित र प्रगतीशिल हुन्छ। छोटकरीमा भन्दा नैतिक ज्ञान भनेको सुन्दर समाजको जग हो जहाँ प्रत्येक व्यक्ति विकासशिल हुन्छन्।


नैतिक ज्ञानका केहि गुणहरू जुन धेरै देशमा समान र मान्य हुन्छ ।

ईमान्दारीता - सत्यवक्ता र गरेको कार्यमा जाल झेल मुक्त आचरण 

जिम्मेबार - आफ्नो कर्तव्यलाई निष्पक्ष पुरागर्ने 

करुणा - दया करुणाले आफू भन्दा तलकालाई साथ , सहयोग र सयोगको प्रस्ताव गर्ने र पछि नहट्ने 

निष्पक्षता - करकाप , नाताबाद र कृपाबादको विपरित काम गर्न सक्ने

आदरभाव - भौतिक सम्पतिको आधारमा नभई आफनो विवेकको आधारमा अनुभव र उमेर उचित गरिने सम्मान

दयालु - असक्षमलाई सहृदय सहयोग गर्ने

साहसी - समाजमा एक्लै उभेर पनि गलतलाई गलत र सहिलाई सहि भन्न सकने

कर्तव्यनिष्ठ - आफ्नो वाचा , नाता सम्बन्ध र वायित्वमा अदिग रहने

क्षमाभाव - गल्तीलाई शिक्षाको आधारमा नभई ज्ञान र विवेकको आधारमा माकि दिन सक्ने

निष्काम योगी - कर्म गर्ने तर फलको आशा नराख्ने तर भएको सम्पतिमा सन्तोष मान्ने

Comments

Popular posts from this blog

Chhepu