बौद्धिकता विकास सम्भब छ?

बौद्धिकता के हो ? बौद्धिकता विकास कसरी गर्ने ?

साधारणमा भन्नु पर्दा , कुनै एउटा व्यक्तिको जानकारी ग्रहण गर्ने र पाएक परेको अवस्थामा त्यहि चीजको सदुपयोग गर्न सक्ने क्षमतालाई बौद्धिकता भन्न सकिन्छ । जति सुदृध बौद्धिक क्षमता हुन्छ , त्यसै अनुसार सोच्ने र बोल्ने जस्ता व्यवहारमा पनि अमुर्तता र महत्वकांक्षी भावको प्रभाव हुन्छ । जसको कारण एक अर्का सँग प्रभावकारी विचारको आदान प्रदान हुन्छ । सङ्छिप्तमा भन्नु पर्दा बुद्धि विवेकको आवश्यक प्रयोग , स्मरण शक्तिको अभ्यास , अनि विभिन्न अनुभव र अनुभूतिको आधारमा समस्या समाधान गर्न सक्ने क्षमतालाई बौद्धिकता भन्न सकिन्छ ।

बौधिकतालाई विकास गर्नको निमित्त दैनिकरूपमा वैचारिक र सैधान्तिक विचारविमर्ष र कृयाकलापमा सहभागि हुनु पर्छ । यसको लागि किताब पढ्ने , लेख लेखने , पज्जल खेलेर मानसिक शक्ति तिखार्ने , वादविवाद या सामाजिक भेलामा मत राख्ने र अरुको कुरापनि ध्यान दिएर सुन्ने , नयाँ भाषा या परिवेश सिक्ने या जानकारसँग सिक्ने , कुनैपनि शिप सिक्ने आदि गर्न सकिन्छ । अझ , बाल्यकालमा जस्तै कौतुहलता या उत्सुकतालाई कायम राख्ने , सकारात्मक सोच राखने , र कसैसँग पनि केहि पनि ज्ञान आर्जन गर्न तयार रहने हो भने हाम्रो बौद्धिक क्षमता बढ्दै जान्छ ।

यति बुझ्दै गर्दा यो पनि बुझ्नु जरूरी हुन्छ कि हाम्रो बौद्धिकता व्यक्ति व्यक्तिमा फरक फरक क्षमता या स्तरको हुन्छ । कोहि मान्छे गणितीय विश्लेषण मा माहिर होला , कोही विज्ञानको ज्ञाता होला , या कोहि कला क्षेत्रमा विशेष शिप कला भएको होला । चाहे कुनै पनि क्षेत्र होस् आफनो विश्वास र चाहनाको साथ लागेमा हाम्रो बौद्धिकता विकास हुने कुरामा कसैको दुई मत नहोला ।

Comments

Popular posts from this blog

नैतिक ज्ञान भनेको किन जरूरी हुन्छ ?

Chhepu