आजै बाट डर त्रासलाई टाटा बाई बाई

 डर र त्रास

"जुन कुरामा त्रृति हुन्छ त्यसको उपज डर हुन्छ । जुन कार्य गर्दा या गर्नु अघि अत्मविश्वास कम या क्षिण हुन्छ , त्यसको उपज डर हुन्छ "। र "जुन कुरामा प्राय अति काल्पनिक विश्लेषणको अभ्यास हुन्छ । आफू निरिह , बिचरा हुन्छ , त्यसको उपज त्रास "। 

डर प्राकृतिक र साधारणतया मानव भावनाको एउटा रूप हो । यसको अस्तित्व मानव मस्तिस्कमा कुनै पनि दुरघटना या खतराबाट जोगाउनको लागि भनेर उत्पन्न हुन्छ । यसको प्रकृति भनेको यकिन भएको खतरा , चाहे त्यो भौतिक , मानसिक या सामाजिक कुनै पनि हुन सक्छ । डरको उपयोगिता भनेको कुनै ठोस परिस्थितिमा जब हामीलाई मनै देखि खतराको अनुभूति हुन्छ र हामी अघि नसरि यथा स्थानमा रोकिनलाई प्रेरित हुन्छौं । तर , अधिक या अयोग्य या अतर्क सङ्गत डर भने हाम्रो लागि हानिकारक हुन्छ । यसले दैनिक जीवनयापनमा समेत खलवल मचाउन सकक्षम हुन्छ । जसको कारण हामी मानसिक पिडा र त्रासको शिकार हुन्छौं ।

डर कहिं कतै बाट पनि आउन सक्छ । विगतका डर लाग्दा घटनाहरू बाट , दुरघटना बाट , नकारात्मक अनुभवहरू बाट , क्रुर लाग्ने संस्कृतिक अभ्यास बाट , सामाजिक परिस्थिति , मूल्य र मान्यतामा त्रुति या वंशानुगत रोगबाट पनि हुन सक्छ । 

डर र त्रासबाट कसरी बच्न सकिन्छ ?

डर त्रासबाट मुक्ति पाउन धेरै थरिको उपाय गर्न सकिन्छ तर कुन स्तरको र के को डर भन्ने बुझनु भने जरूरी हुन्छ । जस्तै : 

जे चीज गर्नलाई डर लाग्छ यस्तो काम धेरै चोटि गर्न खोज्ने वा अर्को शब्दमा डरबाट भाग्न नखोजेर सामना गर्न कोशिस गर्ने । जब हामी कोशिस गर्छौं तब हाम्रो मस्तिष्कले बच्ने उपायहरूको खोजी गर्छ । धेरै यस्तो डर हुन्छ जुनको उत्पत्ति त्यो काम कुराको आवश्यक जानकारीको अभावको कारण हुन्छ । जब कि समस्या बुझ्यो भने समाधान खोज्न सकिन्छ र डर हट्छ । तसर्थ जुन चीज गर्न डर लाग्छ त्यो काम धेरै पटक सोच विचार गरेर कोशिस गर्ने वानि गर्नु पर्छ । 

बौद्धिक अभ्यास द्वारा पनि डरलाई हटाउन सकिन्छ । जस्तै : समस्याको विश्लेषण , जराको पहिचान गर्ने । अनि त्यो जरा देखिको डरमा समाधानको उपाय क्रमबद्ध प्रयोग गर्ने र तर्क संगत छ वा छैन पनि हेर्ने । 

आनन्द आउने काम धेरै गर्ने । तर लत भन्न खोजेको चैं होइन। यो मानसिक आनन्दको कुरा गर्दै छु । जस्तै : बाल्यकालको उत्कृष्ट याद , या कुनै विशेष यादगार पलको स्मरण गर्ने या सकारात्मक कृया , सपनाको कल्पना गर्ने । यसले डरको नकारात्मक असर कम गर्न मद्दत गर्छ ।

आध्यात्मिक आचरणको अनुसरण गर्ने , सतसंग गर्ने , डर लाग्ने बेला मात्र होइन तर प्रत्यक दिन आफ्नो मान्छेहरूको लागि प्रगतिको कामना र प्रार्थना गर्ने , त्रासले ग्रष्त भएको महसुस या संधै डर त्रासबाट दैनिक कार्य नै रोकिन या खलबल भैरहे वा भएमा विश्वासीलो साथि सँग समस्या साझा गर्ने । र आवश्यक भए परामर्श केन्द्र वा अष्पटालमा डक्टरको सल्लाह सुझाव र औष्धोपउपचार लिने ।

आध्यात्मिक ज्ञानको प्रभावले जीवनको उद्देश्य बोध हुन आउँछ । यसले अन्तर मनको सुख , शान्तिलाई स्थाइत्त्व प्रदान गर्छ । जुन डर त्रास हाम्रो एकल वा मनगदन्त हुन्छ , त्यो भन्दा कयौं गुणा शक्तिशाली र सकारात्मक शक्ति जसलाई भगवान , इश्वर , अल्लाह , नाथ भन्छौं । उहाँको सामिप्यतामा हामी आफैलाई पाउँछौं । यो ज्ञानको दैनिक अभ्यासबाट हामी राम्रो चिज , ज्ञान प्रति जागरूक हुन्छौं र स्वीकारको भावले मनमा वास पाउँछ । जसको फल स्वरूप करुणा ले हाम्रो मनमा बास गर्छ । जहाँ हामी शत्रुलाई पनि उसले पाएको संस्कार र पाउनुपर्ने मानव धर्म संस्कृति बाट बिहिन भएकोमा करुणाले हेर्ने थाल्छौं । हाम्रो डर सोहि दिन बाट जरा देखि निर्मुल हुँदै जाने छ । तर मानसिक तनावको अभ्यस्त भैसकेकाले चाहिं आध्यात्मिक , सामाजिक सत्संग , विश्वाशिलो साथिको साथ र औषधोपचार गरे चाँडै नै डर त्रास रहित आनन्दको जीवन प्राप्त हुन्छ ।

प्रार्थना नै डरको जरा काट्ने अभ्यास हो। - मेरो जोडदार विश्वास

तपाईलाई कस्तो लाग्छ ? तल कमेन्ट गर्न सक्नु हुन्छ । साथै राम्रोलागे सेयर गर्नुहोला । हाम्रो समाजमा आफनै साथिलाई यस्तो समस्या हुन सक्छ । उसलाई यस आर्टिकलबाट सहयोग हुन सक्छ । कृपया सेयर गर्नुहोला ।


Comments

Popular posts from this blog

नैतिक ज्ञान भनेको किन जरूरी हुन्छ ?

Chhepu